Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछाडि ‘बा’ भएकाहरु केपी ‘बा’लाई बिदा गरौं : रवि लामिछाने

पछाडि ‘बा’ भएकाहरु केपी ‘बा’लाई बिदा गरौं : रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १८:१५:०७ बजे
  • 634
    SHARES
  • पछाडि ‘बा’ भएकाहरु केपी ‘बा’लाई  बिदा गरौं : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि ‘बा’ भएकाहरुलाई विदा गर्नुपर्ने बताएका छन् । शनिबार (आज) काठमाडौंको खुल्लामञ्चमा आयोजित सभामा बोल्दै सभापति लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओलीलाई अब विदा गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘‘बा’हरु भएका छन् ।

    images

    ‘बा’हरुलाई सम्मान गर्ने ब्यक्तिहरु भएका छन् । अब ‘बा’हरु अगाडि बढ्दैनन् । तर, अब समय परिवर्तन भएको छ । म सबै ‘बा’हरुलाई आज सबै ‘बा’को मुख हेर्ने दिन स–सम्मान सन्देश दिन चाहन्छु ।

    पछाडि ‘बा’ भएका तीन ‘बा’, केपी ‘बा’, ‘देउबा’ र नानीका ‘बा’’ उनले फरि थपे, ‘पछाडि ‘बा’ भएकाहरु स–सम्मान बिदा गरौं । किन कि अगाडि ‘बा’ भएका (बालेन साह)हरु डोजर लिएर निस्किसके ।

    अब पछाडि ‘बा’ भएकाहरुलाई स–सम्मानसहित बिदा गर्नुपर्ने हुन्छ जनताले उहाँहरुले दिनुभएको योगदानका लागि ।’ यसका साथै उनले राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology