Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लिबियामा तनाव, झडपमा परी २३ जनाको मृत्यु

लिबियामा तनाव, झडपमा परी २३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १२:१८:०७ बजे
  • 583
    SHARES
  • लिबियामा तनाव, झडपमा परी २३ जनाको मृत्यु

    लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रुप लिएको छ ।

    images

    पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

    घटनामा कयौँ मानिस घाइते भएका छन् । अधिकारीहरूका अनुसार झडपमा त्यहाँका एक युवा हाँस्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ ।

    लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो । तर, मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् ।

    राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलुसहित स-साना हतियार बोकेका मिलिसिया देखिन थालेको र ठाउँ ठाउँमा विस्फोट हुन थालेको जनाइएको छ ।

    यो घटनापछि संयुक्त राष्ट्र संघले युद्ध बिराम गर्न दुवै पक्षलाई आग्रह गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology