Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काइँदै

दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १२:२५:४६ बजे
  • 691
    SHARES
  • दिल्लीमा आचारसंहिता विपरित बनेका २ वटा ४० तले टावर भत्काइँदै

    भारतकाे नयाँ दिल्लीमा नजिकै आचारसंहिता विपरित बनेका निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइने भएकाे छ ।

    images

    निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो साढे २ बजे टावर भत्काउने तयारी गरेको हो ।

    एपेक्स र सियान नाम गरेका ४०–४० तले यी भवन बिग ब्लास्टबाट १० सेकेण्डभित्र भत्काइने भएकाे छ । टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको छ ।

    टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका छन् । साढे ७ लाख बर्गफिटको क्षेत्रफल ओगटेका यी टावरभित्र ९ सय वटा फ्याट रहेका छन् ।

    टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको छ । साथै निजी घरहरु खाली गराइएको छ ।

    त्यस क्षेत्रमा जाने सवारी साधनहरुलाई बिहान सात बजेदेखि रोकिएको छ । दिउँसोका लागि वायु सेना र विमानस्थललाई पनि पूर्वसतर्कता अपनाउन भनिएको छ ।

    ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका साेही टावर भत्काउन २० करोड खर्च हुने छ । भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ ।

    यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारु पुगेको छ । ११–११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पास बिना नै ४० तले टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

  • सम्बन्धित विषय:

  • # ४० तले टावर भत्काइँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology