Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १२:३१:३४ बजे
  • 889
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य

    आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो । जुन, आज ७०० रुपैयाँ प्रति तोलाले घटेको महासंघले जानकारी दिएको छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत साताको शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ११ सय ६० रुपैयाँ कायम छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology