Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको निर्वाचन क्षेत्रबाट युग पाठक चुनाव लड्ने

ओलीको निर्वाचन क्षेत्रबाट युग पाठक चुनाव लड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १४:५६:३४ बजे
  • 1.2K
    SHARES
  • ओलीको निर्वाचन क्षेत्रबाट युग पाठक चुनाव लड्ने

    लेखक युग पाठकले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न आकांक्षा देखाएका छन् ।

    images

    पाठकले चुनाव लड्नका लागि निकटस्थहरुसँग छलफल तीव्र बनाएका छन् ।

    उनले स्थानीय नेता युक्त भेटवालदेखि माओवादी केन्द्रबाट झापा क्षेत्र नम्बर ५ मा दाबी प्रस्तुत गर्दै आएका रञ्जित तामाङलगायतसँग निरन्तर छलफलमा छन् ।

    पाठकले चुनाव लड्नेबारे निरन्तर छलफल भइरहेको र छिट्टै नयाँ वैचारिक प्रस्तावनासहित उम्मेदवारी घोषणा गर्ने पक्षमा आफू रहेको बताए ।

    ‘सरसल्लाह भइरहेको छ । तर यत्तिकै घोषणा भन्दा पनि आफ्नो विचारसहित भन्ने हो’, उनले भने, ‘चुनाव लड्न सजिलो काम होइन । सम्बन्धित पार्टीका नेतासँग पनि छलफल गर्नुपर्छ ।’

    उनले चुनाव लड्नका लागि गठबन्धनको सहयोग खोजेका छन् । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

  • सम्बन्धित विषय:

  • # युग पाठक चुनाव लड्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology