Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेले गठन गर्‍याे ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

एमालेले गठन गर्‍याे ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १५:०२:२७ बजे
  • 676
    SHARES
  • एमालेले गठन गर्‍याे ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

    images

    ललितपुर च्यासलस्थित केन्द्रीय पार्टी मुख्यालयमा आइतबार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले उक्त कमिटी बनाएको हो । साथै, कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरिएको छ ।

    परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको छ । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न अठोटका साथ लाग्न निर्देशन दिएका छन् ।

    एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरूलाई समेटिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology