Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड

काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १६:३७:०९ बजे
  • 880
    SHARES
  • काँग्रेसले तालमेल नचाहे वामपन्थीहरुबीच मोर्चाबन्दी गर्छौ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच मोर्चाबन्दी गरिने बताएका छन् । पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे ।

    images

    यदि काँग्रेस तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे विचार मिल्ने गठबन्धनभित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताएका हुन् । आगामी चुनावमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुविधा नभएपनि सीट बाँडफाँटका कुरा नमिले प्रचण्डले गठबन्धन भित्रकै दलहरु मोर्चा बन्दी बनाएर जाने बताएको केन्द्रीय सदस्य अनिल शर्माले बताए ।

    ‘यो चुनावमा सकेसम्म काँग्रेसको तालमेल छुटाउँदैनौ । हामी यो गठबन्धनबाट बाहिर जाने पक्षमा छैनौ’ प्रचण्डको भनाई उदृत गर्दै शर्माले भने, ‘यदि काँग्रेसले निहुँ खोज्यो भने सीट संख्यामा कुरा मिल्दै मिलेन भनेपनि गठबन्धन भित्रकै वामपन्थीहरु बीच तालमेल मोर्चाबन्दी बनाउने छौ । त्यसरी चुनावमा जाँदा पनि हामीले राम्रै नतिजा ल्याउनेगरी तयारी गरेका छौ ।’

    गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे । माओवादीको पछिल्लो समय आइडेन्टेटीको समस्या भएको विषयमा समेत प्रचण्डले गुनासो गरेका छन् । ‘हाम्रो आफ्नै खालको आइडेन्टेटी छ । आफ्नै एजेण्डा छन् ।

    त्यसलाई कसैले मेटाउन चाहेपनि मेटाउन सक्दैन’ प्रचण्डले भने, ‘हाम्रो व्यवहारका कारण आइडेन्टेटी खतरामा पर्ने देखिएको छ ।’ माओवादीले देशको नेतृत्व गर्ने सपना देखेकाले व्यवहार र कार्यशैली रुपान्तरण गर्नुपर्ने प्रचण्डले बताए ।

    ‘हामीले देशको नेतृत्व गर्ने योजना बनायौं । हाम्रो व्यवहार र कार्यशैलीले आइडेन्टेटी खतरामा छ । हामी व्यवहारमा रुपान्तरण हुनुपर्यो व्यवहारमा हिजोको जस्तै झल्किनुपर्यो’ प्रचण्डले भने ।

    पार्टीमा चुनाव लड्ने नेता धेरै भएपनि उनीहरुको पक्षमा मात्रै हाइलाइट हुँदा अरु इमान्दार नेताहरु छोपिन सक्ने भन्दै सचेत रहनुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology