Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाललाई विश्व बैंकले १३ अर्ब ऋण दिने

नेपाललाई विश्व बैंकले १३ अर्ब ऋण दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७९ सोमवार • १६:४१:१५ बजे
  • 682
    SHARES
  • नेपाललाई विश्व बैंकले १३ अर्ब ऋण दिने

    विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ ।

    images

    नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि नयाँ विकास नीति ऋण (डीपीसी)का लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धित सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

    बजेटरी सहायताका रुपमा यो ऋण परिचालन हुने भएको छ । ग्रिड अन्तर्गत तीन सहुलियतपूर्ण ऋण डीपीसी मध्येको यो पहिलो ऋृङ्खला हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

    स्ट्रेलकोभाका अनुसार यो सहायता भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषणलगायतका क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यमा खर्च हुने भएको छ ।

    ग्रिड डीपीसीको यस पहिलो चरणको अपरेसनमा प्राकृतिक पूँजीको दीगो र उत्पादक प्रयोग, शहरी तथा ग्रामीण पूर्वाधार, मानव पूँजी र जिविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जोखिम विरूद्ध उत्थानशीलता र थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढावा आदि यस चरणमा समावेश गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    यस कार्यक्रमले ग्रिड अन्तर्गतका रणनीतिक परिवर्तन लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत कार्यमा समर्थन गर्ने भएको छ ।

    यस कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताइएको छ ।

    विकास सम्बन्धी निर्णय प्रक्रियामा समावेशीतालाई सुदृढीकरण गर्नुका साथै स्रोत तथा सेवाहरूमा सबैको पहुँच बढाउनका लागि गरिने सुधार कार्यहरूमा पनि यस कार्यक्रमले सघाउनेछ ।

  • सम्बन्धित विषय:

  • # १३ अर्ब ऋण दिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology