Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज एयरलाइन्सले अक्टुबर ३० देखि उडान गर्ने

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज एयरलाइन्सले अक्टुबर ३० देखि उडान गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • १२:४५:०२ बजे
  • 775
    SHARES
  • गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज एयरलाइन्सले  अक्टुबर ३० देखि उडान गर्ने

    भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज (wizz) एयरलाइन्सले पनि उडान गर्ने भएको छ । विज एयरलाइन्सले आगामी कात्तिक १३ (अक्टुबर ३०) देखि अबुदावीबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने सहमति भइसकेको छ ।

    images

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रबन्धक यज्ञप्रसाद न्यौपानेका अनुसार विजले हप्तामा तीन दिन उडान भर्ने गरी सहमति भएको र उक्त एयरलाइन्सले टिकट बुक गर्ने अनुमति पनि दिइसकेको छ ।

    हाल यस विमानस्थलमा कुवेतबाट अलजजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान भर्दै आएको छ । अल जजिराले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने गरेको छ ।

    अलजजिरा एयरलाइन्सको बिमान कुवेतबाट सवा चार घण्टाको समयमा भैरहवा अवतरण गर्ने गर्दछ । प्रबन्धक न्यौपानेका अनुसार अल जजिराले आगामी असोज १ गतेबाट हप्तामा सातै दिन नियमित उडान भर्नेछ ।

    त्यसको पनि तयारी पुरा भएको उनले बताए । गत जेठ २ गतेबाट संचालनमा आएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि अन्य विदेश एयरलाइन्सले पनि चासो ब्यक्त गरिरहेको बताइएको छ । नेपालको हिमालयन एयरलाइन्सले गतसाता एकदिन टेडिङ उडान गरेको थियो ।

    यो विमानस्थलबाट नेपालका हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले भारतको दिल्लीसम्म उडान गर्न चासो ब्यक्त गरिरहेको विमानस्थल स्रोतले बताएको छ । तर यसको तयारी भने सकिएको छैन । यस विमानस्थलबाट हालसम्म एउटा मात्र चार्टर उडान भएको छ भने एक पटक यात्रुसहित कार्गो उडान गरिएको छ ।

    विमानस्थलले हाललाई ल्यान्डिङ तथा पार्किङ सुविधा निःशुल्क दिएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यालयका वरिष्ठ अधिकृत मोहन आचार्यका अनुसार दुई चरणमा गरेर करिब ८ अर्बको लागतमा यो विमानस्थल तयार भएर संचालनमा आएको हो ।

    विमानस्थल निर्माणमा चाइनिज र थाइल्याण्डका दुई कम्पनीले काम गरेका थिए । ९० करोडको लगानीमा कार्गो कम्प्लेक्स पनि तयार भएको छ ।

    विमानस्थलमा हाल ८५ जना कर्मचारी कार्यरत रहेका छन् । दरवन्दी भने १ सय ५१ को रहेको छ । भर्खरै संचालनमा आएको विमानस्थलको अहिले नै नाफा घाटाको हिसाव गर्न नमिल्ने प्रबन्धक न्यौपाने बताउँछन् । उनका अनुसार अहिले विमानस्थलले कमाउने भन्दापनि सेवामुखी भएर काम गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology