Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यस वर्ष मागे जति भदौ २६ गतेदेखि बजारमा नयाँ नोट पाइने

यस वर्ष मागे जति भदौ २६ गतेदेखि बजारमा नयाँ नोट पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • १३:२९:०७ बजे
  • 829
    SHARES
  • यस वर्ष मागे जति भदौ २६ गतेदेखि बजारमा नयाँ नोट पाइने

    नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ ।

    images

    केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले रातोपाटीलाई जानकारी दिए ।

    ‘यसपालि सुकिला नोटको प्रयाप्त व्यवस्था गरिएको छ । बजारको माग अनुसार नोटको वितरण हुन्छ’ नेपालले भने, ‘१० अर्ब छुट्याइएको छ, अपुग भए थप नोटको व्यवस्था गरिन्छ ।’

    गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बजारमा पठाएको थियो । प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ ।

    गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # यस वर्ष मागे जति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology