Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • १७:१०:०४ बजे
  • 685
    SHARES
  • विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

    विद्युत् प्राधिकरणले रत्नपार्कस्थित आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

    images

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उक्त स्टेसन उद्घाटन गर्दै स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताए ।

    प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ ।

    प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् ।

    साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology