Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचन क्षेत्रमा जान माधव नेपालको निर्देशन

निर्वाचन क्षेत्रमा जान माधव नेपालको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७९ बुधवार • १७:५५:०२ बजे
  • 886
    SHARES
  • निर्वाचन क्षेत्रमा जान माधव नेपालको निर्देशन

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ-आफ्नो जिल्लामा जान निर्देशन दिएका छन् ।

    images

    युवा संघको आयोजनामा हुने मेची–काली जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आ-आफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन् ।

    उनले भने, ‘यो कामठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुहोस्, आ-आफ्नो जिल्ला जानुहोस् । आ- आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् ।

    निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’ प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिमा भोट खसाल्नै पर्ने उनले बताए ।

    उनले थपे, ‘जिल्ला जान मात्रै ठूलो कुरो होइन, तपाईं उम्मेदवार बन्ने हो कि होइन, त्यो ठूलो कुरा होइन । पार्टीको पक्षमा मत खस्ने कि नखस्ने कुरा ठूलो हो ।

    त्यहाँ पार्टीको पक्षमा मत खसाल्न लगाउनुपर्ने हुन्छ । प्रत्यक्ष उम्मेदवार छ भने प्रत्यक्ष उम्मेदवारको पक्षमा, प्रत्यक्ष उम्मेदवार छैन भने पनि समानुपतिमा भोट खहाल्नै पर्ने हुन्छ ।’

    उनले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्ने पनि बताए । मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरुले लाखौं भोट गुमाएको उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # माधव नेपालको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology