Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नागरिकता विधेयकमा धेरै राजनीति नगरौं : प्रचण्ड

नागरिकता विधेयकमा धेरै राजनीति नगरौं : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७९ बुधवार • १७:५६:३४ बजे
  • 826
    SHARES
  • नागरिकता विधेयकमा धेरै राजनीति नगरौं : प्रचण्ड

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटघाट भएको छ ।

    images

    बुधबार दिउँसो शीतलनिवासमा भएको भेटघाटमा उनले नागरिकता सम्बन्धी समस्या समाधान गर्न विधेयक ल्याएको बताएका छन् । त्यस्तै।,

    नागरिकताको समस्या हल गर्न पुरानै कुरालाई राखेर विधेयक ल्याएको बताएका थिए । राष्ट्रपतिले नागरिकता विधेयमा आफ्नो चासोबारे कुरा राखेका थिए ।

    विशेष गरी वैवाहिक अंगीकृतलाई नागरिकता दिन समय तोक्ने विषय नराखेकोमा भण्डारीले प्रचण्डसँग असन्तुष्टि जनाएका थिए ।

    जवाफमा प्रचण्डले आफ्नै अग्रसरतामा राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानको व्यवस्था राखिएको बताएका थिए ।

    उक्त विधेयक अगाडि बढाउन आग्रह गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा टेबुल नगरी पाँच महिना अड्काएको प्रचण्डको आरोप थियो ।

    संसद विघटनपछि ल्याइएको अध्यादेशमा पनि वैवाहिक अंगीकृतको विषय समावेश नभएको र राष्ट्रपतिबाट उक्त अध्यादेश तत्कालै स्वीकृत गरिएको भन्दै प्रचण्डले अहिले यो विषयलाई धेरै राजनीतिकरण गर्नु उचित नहुने धारणा राखेको उनको सचिवालयले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology