Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेल सजाय

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७९ बिहिवार • १३:०८:२० बजे
  • 934
    SHARES
  • सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेल सजाय

    रियाद । साउदी अरबको एउटा अदालतले सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा एक जना महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ ।

    images

    सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको समाजिक एकतामा बाधा पुर्याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको काराबासको सजाय सुनाइएको वासिङटनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।

    अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाई कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् ।

    साउदीमा यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ४५ वर्ष जेल सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology