Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्थायी कमिटी बैठक

स्थायी कमिटी बैठक : प्रचण्डलाई कार्यकारी अध्यक्ष ,चैत २५ देखि ३० गतेसम्म महाधिवेशन

स्थायी कमिटी बैठक : प्रचण्डलाई कार्यकारी अध्यक्ष ,चैत २५ देखि ३० गतेसम्म महाधिवेशन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २६, २०७७ शुक्रवार • १६:४७:१५ बजे
  • 1.3K
    SHARES
  • स्थायी कमिटी बैठक : प्रचण्डलाई कार्यकारी अध्यक्ष ,चैत २५ देखि ३० गतेसम्म महाधिवेशन
    काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

    के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    यसै गरी नेकपाको एकता महाधिवेशन चैतमा हुने भएको छ । स्थायी कमिटी बैठकले २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले बिहीबारको बैठकको प्रारम्भमै धारणा राखेका थिए । ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए ।

    निर्णयका मुख्य बुँदा
    –पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प,
    –पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय।
    ‘अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्नेगरी कार्यविभाजन,
    –सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने,

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology