Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७९ बिहिवार • १९:१८:४४ बजे
  • 727
    SHARES
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले बिहीबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

    images

    निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ ।

    यस्तै, हवाई इन्धन ८ रुपैयाँले बढेर आउँदा खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेर आएको निगमले जनाएको छ । आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउदै आएको छ ।

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्ने बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology