Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ललितपुर महानगरले पनि भत्काउन थाल्यो सडक मिचेर बनाइएका संरचना

ललितपुर महानगरले पनि भत्काउन थाल्यो सडक मिचेर बनाइएका संरचना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७९ शुक्रवार • १२:४४:०१ बजे
  • 643
    SHARES
  • ललितपुर महानगरले पनि भत्काउन थाल्यो सडक मिचेर बनाइएका संरचना

    ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

    images

    शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो । सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ ।

    ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरु गरिएको जानकारी दिए ।

    महानगरभित्र अनधिकृत रुपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दशैँपछि हटाउने र सूचना जारी समेत भइसकेको उनले बताए ।

    अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाई छ ।

    हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरु आफैले अनाधिकृत संरचना हटाउने विश्वास व्यक्त गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology