Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गगन थापा काठमाडौं-४ बाट सिफारिस

गगन थापा काठमाडौं-४ बाट सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १०:००:११ बजे
  • 1.0K
    SHARES
  • गगन थापा काठमाडौं-४ बाट सिफारिस

    मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन् ।

    images

    शुक्रबार साझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

    यसअघि कास्कीको क्षेत्र नम्बर १ मा पनि महामन्त्री थापाको तर्फबाट उम्मेदवार बन्न आबेदन परेको थियो । तर, थापाले आफू काठमाडौं ४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका थिए ।

    २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा। राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology