Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चुनाव हारिएला कि भन्ने डरले बढी सताउँछ : गगन थापा

चुनाव हारिएला कि भन्ने डरले बढी सताउँछ : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १३:२१:४४ बजे
  • 1.2K
    SHARES
  • चुनाव हारिएला कि भन्ने डरले बढी सताउँछ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ ।

    images

    चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको अनुभूति सुनाउनुभएको हो ।

    काठमाण्डाैकाे बूढानीलकण्ठमा रहेकाे भ्याली पब्लिक माध्यमिक विद्यालयले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताउनुभयो ।

    सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन पनि उहाँले विद्यालयलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा चुनाव जित्यो । त्यसपछि खुसी भयो ।

    त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर । जिन्दगी नै यसरी नै जाने हो । तर बालबालिकाहरूलाई जित र हार हुन्छ, सफल र असफल भइन्छ भनेर सिकाउनुपर्दछ ।’

    महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरूलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाण्डाै विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौतासमेत गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology