Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव जि जनताले अस्वीकार गरिसके, एमालेमा फर्किनुहोस्:नेम्वाङ

माधव जि जनताले अस्वीकार गरिसके, एमालेमा फर्किनुहोस्:नेम्वाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १८:०५:०६ बजे
  • 469
    SHARES
  • माधव जि जनताले अस्वीकार गरिसके, एमालेमा फर्किनुहोस्:नेम्वाङ

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई एमालेमा फर्कन आग्रह गरेका छन् ।

    images

    नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको भन्दै एमालेमै फर्किन आग्रह गरे । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताए ।

    नेम्वाङले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको बताए।

    ‘जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस्’, उनले भने, ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ? के भन्ने ?

    कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्छ नि !’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology