Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर १७ जनाको मृत्यु

चट्याङ लागेर १७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १८:०९:३२ बजे
  • 523
    SHARES
  • चट्याङ लागेर १७ जनाको मृत्यु

    एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ ।

    images

    सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो ।

    राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इण्डिया रेडियोले जनाएको छ ।

    गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो । प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।

    आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिमबङ्गालको पहाडी क्षेत्र भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ ।

    यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारू चार लाख राहतस्वरुप उपलब्ध गराइने घोषणा गरेका छन् ।

    उनले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # १७ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology