Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा नेता बिरजंगलाई रिहा गर्न सर्बोच्च अदालतको आदेश

नेकपा नेता बिरजंगलाई रिहा गर्न सर्बोच्च अदालतको आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७७ शुक्रवार • १७:२१:३६ बजे
  • 3.8K
    SHARES
  • नेकपा नेता बिरजंगलाई रिहा गर्न सर्बोच्च अदालतको आदेश

    बिद्रोही ने क पा (बिप्लव) को केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द (बिरजंग)लाइ रिहा गर्न सर्बोच्च अदालतले बाध्यकारी आदेश दिएको छ।

    images

    बन्दी प्रत्यक्षीकरण रिट निवेदन माथीको सुनुवाई पछी आज न्यायधिसद्दय हरिकृष्ण कार्की र टंक बहादुर मोक्तान को संयुक्तईजलासले रिहा गर्न आदेश दिएको हो। सर्बोच्च अदालतको आदेशमापहिले देखी नै निरन्तर थुनामा रहेका ब्यक्तीहरुलाई  पटक पटक आस्थाका आधारमा पक्राऊ गर्ने र अनुसन्धान कार्य न्यायको दृष्टीलेऔचित्य पुर्ण नदेखिएकोले तुरुन्त थुन मुक्त गर्न भनिएको छ।

    रिट निबेदकको पक्षमा बरिष्ठ अघिबक्ता एकराज भण्डारी, अधिबक्ता कपिलचन्द्र पोख्रेल,कान्तिराम ढुॅगाना,सन्तोष कोईराला राजु अघिकारी,चिरिन्जिवी ढकाल लगाएतले बहस गरेका थिए

    ने क पा नेता चन्दलाई २०७६।६।३० गते दांग  बाट पक्राउ गरेर देशका बिभिन्न जिल्लामा घुमाउंदै बिभिन्न मुद्दा लगाएर राखेको थियो पछिल्लो पटक पक्राऊ गरी चन्द लाई संखुवासभा लगेर पुन:हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा लगाईएको थियो।

    अदालतको आजको यो बाध्यकारी आदेश संगै अब राज्यले सम्मानित अदालतको आदेशको कार्यन्वयन गरेर सम्मान गर्छ कि फेरी पक्राऊ गरेर कानुनी राज्यको खिल्ली उढाॅउछ यो चाॅही प्रतिक्षाकोबिषय बनेको छ। प्राप्त सुचनानुशार नेताचन्दलाई पुन: पक्राउ गरेर सुनसरी लैजाने तयारी गरिएको बुझिएको छ।

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology