कुवेत- नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुति हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । अतिथि कलाकार लोकदोहरी गायिका देबी घर्तीले बेजोड सांगीतिक प्रस्तुति दिएकी छिन ।
नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गरेको २० औं प्रस्तुति हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २ सेप्टेम्बर २०२२ शुक्रबारको दिन कुवेत स्थित जिलिपको इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न भएको हो । कोरोना भाईरसका कारण गत वर्ष हरितालिका तीजमा कार्यक्रम हुन नसकेपनि यस पटक भने कुवेतमा कार्यरत रही कार्यक्रम स्थलमा उपस्थित नेपालीहरुका लागि देबी घर्तीले भरपुर मनोरञ्जन दिएकी छिन ।
नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुति सांगीतिक कार्यक्रममा अध्यक्ष गोविन्द बराल कोसभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय गान तथा दीप प्रज्वलन गरी कार्यक्रम शुरुवात गरिएको थियो। कार्यक्रममा उपस्थिति सबैजनालाई टीकाराम आचार्यले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए। कुवेतमा प्रायजसो भइरहने हरेक कार्यक्रममा राजदूत मात्र देखिन्थ्यो भने यसपालिको हरितालिका तीजमा भने दूतावासका अन्य कर्मचारीको पनि उल्लेखनिय उपस्थिति थियो । कार्यक्रम सचालन द्वय भुवन सुबेदी र प्रसाद तिमल्सिनाले गरेको थिए ।
नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुति तथा हरितालिका तीजको अवसरमा शुभकामना मन्तब्य दिनेहरुमा नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, नेपाली दुताबास कुवेतका दितिय सचिव जानकी ओझा , नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका सल्लाहकार आनन्द आचार्य, गैरआवासीय नेपाली संघको कुवेतका अध्यक्ष रनध्वज लामा , नेपाल कुवेत साँस्कृतिक मञ्चको संरक्षक सुजन के सी, जजीरा एयरलाइन्स प्रतिनिधि , अल मुल्ला एक्सचेञ्जका प्रतिनिधिले शुभकामना दिएका थिए। कार्यक्रमको सुरुवातमा नै नेपालबाट आएकी गायिका देबि घर्तीमगरले आफ्नो प्रस्तुतीबाट कार्यक्रम हलमा उपस्थिति सबैलाई भरपुर मनोरञ्जन दिईकी थिईन ।
कार्यक्रम अवधिभर देबी घर्तीमगर तथा स्थानीय कलाकारले उपस्थित दर्शक सबैलाई भरपुरमनोरञ्जन दिएका थिए । कार्यक्रमको मुख्य प्रायोजक अल मुल्ला एक्सचेन्ज थियो भने आधिकारिक एयरलाइन प्रायोजक- जजीरा एयरवेज थियो । पशुपति कार्गो कुवेतले उपस्थित दर्शकलाई पानी र जुस बाँडेका थिए भने युना फेन्सी स्टोर कुवेत र आयसा फेसन लेडिज गार्मेनले महिला दिदिबहिनीहरुलाई साडी बाँडेका थिए । कल्याणकारी युवा समाज कुवेतले पानीको व्यवस्था गरेकोथियो ।
नेपाल कुवेत साँस्कृतिक मञ्चले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरेको थियो । सम्मान पाउनेमा अल मुल्ला एक्सचेन्ज , जजीरा एयरवेज, लोकदोहोरी गायिका देबी घर्ती मगर, नेपाल कुवेत साँस्कृतिक मञ्चको संस्थापक संरक्षक सुजन के सी , राम तामाङलाई सम्मान गरेका थिए । ब्यानर सहयोग भने दुर्गा ढकालले गरेका थिए । कार्यक्रमको अन्त्यसम्म स्थानीय कलाकार तथा नेपालबाट आएकी गायिका देबि घर्ती मगरले भरपुर मनोरञ्जन दिईरहेका थिए ।