Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीको एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

म्याग्दीको एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • ०९:५४:५१ बजे
  • 520
    SHARES
  • म्याग्दीको  एउटै गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

    images

    धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् ।

    ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ । यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन ।

    पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ ।

    यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् । धौलागिरि गाउँपालिका–४, मुदीको जेल्टुङमा ३७ मेगावाटको अपर म्याग्दी र मुदीकै दोभानमा निर्माण हुने ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावरको पहुँच मार्ग निर्माण हँुदै छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology