Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

६ सय रूपैयाँले बढ्यो सुनको भाउ

६ सय रूपैयाँले बढ्यो सुनको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • १३:२१:४० बजे
  • 841
    SHARES
  • ६ सय रूपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    आज तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।

    गत साताको शुक्रबार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । यससँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology