Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउबारे पर्यटनमन्त्रीको स्पष्टीकरण

लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउबारे पर्यटनमन्त्रीको स्पष्टीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • १८:२४:४० बजे
  • 1.1K
    SHARES
  • लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउबारे पर्यटनमन्त्रीको स्पष्टीकरण

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले छाया सेन्टरका सुरक्षागार्डले आफूलाई हप्कीदप्की गरेपछि उजुरी दिएको बताएका छन् ।

    images

    मन्त्री श्रेष्ठले आफू समय लिएर त्यहाँ गएको र लाइनमै बसेको अवस्थामा सुरक्षा गार्डले दुर्व्यवहार गरेपछि पिएसओले उजुरी दिएको बताएका छन् ।

    क्यानडामा हुने आइकाओको मिटिङमा जानका लागि उनी छाया सेन्टर गएका थिए । ती सुरक्षा गार्डले सबैलाई थर्काउँदै आएको र आफ्नो सुरक्षा टोलीले मन्त्री हो भनेपछि उनले आफूलाई मन्त्रीसन्त्री मतलब छैन भन्दै झन् थर्काएको उनले बताए ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ छन् । उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology