Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

महासचिव देव गुरूङ लमजुङबाट सिफारिस

महासचिव देव गुरूङ लमजुङबाट सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७९ सोमवार • ०९:५७:४० बजे
  • 589
    SHARES
  • महासचिव देव गुरूङ लमजुङबाट सिफारिस

    नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ लमजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्।

    images

    माओवादी जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो। साथै स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ।

    महासचिव गुरुङ २०७४ को निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनको घर भने मनाङको नासों गाउँपालिका-४, ओडार गाउँ हो।

    समानुपातिकमा केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ।

    प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ। प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology