Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस

पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • ०९:५८:०० बजे
  • 352
    SHARES
  • पाल्पामा माओवादीद्वारा उम्मेदवार सिफारिस

    रामपुर । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ।

    images

    माओवादीले पाल्पा क्षेत्र नं १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

    यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ र तुलसा रानालाई सिफारिस गरेको छ ।

    यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘क’ मा कमलराज भट्टराईलाई सर्वसम्मत सिफारिस गरिएको छ भने ‘ख’ मा दिनेश अर्याल र हुमबहादुर सुनारी सिफारिसमा परेका छन् ।

    क्षेत्र नं २ ‘क’ मा नेत्रप्रसाद पाण्डेयको एकल उम्मेदवारी सिफारिस परेको छ भने ‘ख’ मा वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्युह थापा, पुरन केसी र मेघराज आचार्यलाई सिफारिस गरिएको छ ।

    प्रदेशसभा समानुपातिकमा गीता विक, खुमबहादुर विक, जानुका घर्ती, केयरसिङ राना, शान्ता सारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्वर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिसुवा र जगत् सुनारीलाई सिफारिस गरिएको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology