Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चितवन ३ छाडेर कतै जाँदिन- प्रचण्ड

चितवन ३ छाडेर कतै जाँदिन- प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • ११:३१:०५ बजे
  • 562
    SHARES
  • चितवन ३ छाडेर कतै जाँदिन- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाटै निर्वाचन लड्ने बताएका छन् ।

    images

    मंगलबार बिहान धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले आफ्नो क्षेत्र चितवन बाहेक कतै नजाने स्पष्ट पारेका हुन् ।

    ‘म धेरै तिर गएँ । जनताको भावना बुझ्न पनि रोल्पा, काठमाडौं, सिराहा गएँ,’ प्रचण्डले भने, ‘अहिले यताउता गर्दिन ।’

    सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै


    सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँडमा सहमति जुट्न नसक्दा यसको टुंगो लाग्न सकेको छैन ।

    आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र सो बारे प्रतिवेदन तयार पारेर दलका शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको छ बताइएको छ । हिजो पनि कार्यदलको बैठक बसेको थियो । तर बिनानिष्कर्ष टुंगिएको थियो ।

    हिजो बसेको बैठकले मुलुकका १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनले तालमेल गरेर जाने भएकाले सिट बाँडबाँडमा कसरत भइरहेको हो ।

  • सम्बन्धित विषय:

  • # चितवन ३ छाडेर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology