Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत:प्रचण्ड

सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • १३:२८:४८ बजे
  • 499
    SHARES
  • सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय अन्तिम टुङ्गोमा पुगेको दाबी गर्नुभएको छ ।

    images

    आज कैलालीको धनगढी पुग्नुभएका प्रचण्डले पत्रकारसँगको कुराकानीमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने समेत बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘कांग्रेसकाे दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने गरी मिलाउने प्रयास भइरहेको छ, केही तलमाथि हुनसक्छ ।’

    एकीकृत समाजवादीले २५ र जसपाले २५ दाबी गरेको आधारमा सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रसम्म एकसाथ टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

    सिट बाँडफाँटको अन्तिम टुङ्गो शीर्ष तहमा बसेर लगाउने पनि उहाँले जानकारी दिनुभयो ।

    यसैबीच प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउनेबारेमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय भएको बताउनुभएको छ । उहाँले यो प्रस्ताव आजै फिर्ता हुने समेत जानकारी दिनुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology