Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संसदको आयु लम्ब्याउनेतर्फ जानु हुँदैन : अध्यक्ष दाहाल

संसदको आयु लम्ब्याउनेतर्फ जानु हुँदैन : अध्यक्ष दाहाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • ११:४७:२० बजे
  • 469
    SHARES
  • संसदको आयु लम्ब्याउनेतर्फ जानु हुँदैन : अध्यक्ष दाहाल

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    images

    अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने बताए । उनले प्रमुख सचेतकहरुले केही प्राविधिक समस्याका काकरण यस्तो सोचेको भएपनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे ।

    उनले मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद नरहने बताए । उनले भने, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्ने हामी गठबन्धनले छलफल गरिसकेको छ । मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन ।

    त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने कि भन्ने संसदभित्र प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ । सायद आज नै केही समय थप्ने की भन्नेकुरा फिर्ता हुन्छ ।’

    अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरुपको काम गर्न नसकेको स्वीकार गरे । उनले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताए ।

    उनले देशमा राजनीतिक स्थिरताको आवश्यक्ता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाए । गतवर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गरे ।

    उनले भनेका छन्, ‘५ वर्षमा जति काम हुनुपर्दथ्यो, त्यो नभएकै हो । जनतामा जे जति राहत दिनुपर्ने हो, त्यो नभएको नै हो । हामीले निकै ठूलो सपना देखेका थियौँ ।

    वामपन्थी गठबन्धन गरेपछि, पार्टी कम्युनिष्टहरुको एकता गरेपछि देशमा राजनीतिक स्थिरता होला, शिक्षा, स्वास्थ्य, राजनीतिमा धेरै विकास गर्न सकिएला भनेर मैले नै पहल गरेर वाम एकता गरेको हो । तर हामीले नै प्रश्तावित गरेको प्रधानमन्त्रीबाट हामीले घोषणापत्रमा भनेको जस्तै सबै उल्लंघन गरेर जाँदा बाध्य भएर संघर्षमा उत्रियौँ ।’

    उनेल थपे, ‘राजनीतिक स्थिरताको देशमा आवश्यक्ता छ । हाम्रो जोड यो निर्वाचनपछि बन्ने सरकारले त्यो काम गर्ने वातावरण बनोस् भन्ने चाहना छ । अहिले सफलतापूर्वक निर्वाचन सम्पन्न हुन जनताको विजय हो । गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन समापन भएपछि नेपालबाट करिव टरेर जान्छ ।’

  • सम्बन्धित विषय:

  • # अध्यक्ष दाहाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology