Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डेढ करोडको लाहा र जेलपेन खरिद गर्दै निर्वाचन आयोग

डेढ करोडको लाहा र जेलपेन खरिद गर्दै निर्वाचन आयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १४:४७:२२ बजे
  • 529
    SHARES
  • डेढ करोडको लाहा र जेलपेन खरिद गर्दै निर्वाचन आयोग

    निर्वाचन आयोयगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब डेढ करोड रुपैयाँको लाहा र जेलपेन खरिद गर्ने भएको छ ।

    images

    जेल पेन र लाहा खरिदका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँको बोलपत्र आह्वान आयोगले स्वीकृत गरेको छ ।

    गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरुमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णयअनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले बुधबार एक सूचनामार्फत जानकारी दिएको हो ।

    सम्झौता स्वीकृत भएसँगै अब बोलपत्र दाताले २३ गतेभित्र कार्य सम्पादन जमानत र सप्लाई गरिने लाहा र जेलपेन ३० दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाणसहित पेस गर्नुपर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology