Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • ०९:५६:५० बजे
  • 610
    SHARES
  • पाकिस्तानमा मानवीय संकटको खतरा : डब्लूएचओ

    न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । एक दशकयताकै ठूलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्एिका छन् ।

    images

    त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ । अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ । बाढीले अकल्पनीय संकट ल्याएको छ ।

    जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् ।

    देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।

    यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ ।

    उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो । देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology