Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आजै शीर्ष नेतालाई सिट बाँडफाँट प्रतिवेदन बुझाइने

आजै शीर्ष नेतालाई सिट बाँडफाँट प्रतिवेदन बुझाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • १०:०६:१६ बजे
  • 340
    SHARES
  • आजै शीर्ष नेतालाई  सिट बाँडफाँट  प्रतिवेदन बुझाइने

    सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

    images

    बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

    यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। मन्त्री कार्कीका अनुसार कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको र आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ ।

    प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेतालाई बुझाइने मन्त्री कार्कीले बताए ।

    पाँच दलीय सत्ता गठबन्धनबीच मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ। त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन साउन २० गते कार्यदल गठन गरिएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology