Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायती महारानी एलिजाबेथको मृत्यु

बेलायती महारानी एलिजाबेथको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७९ शुक्रवार • १०:३४:१९ बजे
  • 997
    SHARES
  • बेलायती महारानी एलिजाबेथको मृत्यु

    एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्यु भएको छ ।

    images

    स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

    ९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेका थिए । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।

    सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् । उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका थिए ।

    उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो । बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology