Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बालेनको नजर पाशुपत क्षेत्र : शनिबारदेखि अव्यवस्थित संरचना हटाउने

बालेनको नजर पाशुपत क्षेत्र : शनिबारदेखि अव्यवस्थित संरचना हटाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७९ शुक्रवार • १०:४१:१८ बजे
  • 400
    SHARES
  • बालेनको नजर पाशुपत क्षेत्र : शनिबारदेखि अव्यवस्थित संरचना हटाउने

    काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ ।

    images

    महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ ।

    वडा नं ८ का अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे । पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आँफैले स्थलगतरुपमा उत्रिनु परेको उनको भनाइ थियो ।

    महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको संगतले सुनाए ।

    पाशुपत क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे भोलिदेखि महानगरले सामान उठाएर लानेसमेत संगतले जानकारी दिए ।

    पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

    अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीले चाडबाडका बीचमा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडाको सूचनालाई आत्मसात् गर्दै संरचना तथा पसल तत्काल हटाउने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology