Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

खानेपानीमन्त्री साधारण सदस्यसमेत नरहने गरी निलम्बित

खानेपानीमन्त्री साधारण सदस्यसमेत नरहने गरी निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७९ मंगलवार • २१:००:३९ बजे
  • 418
    SHARES
  • खानेपानीमन्त्री साधारण सदस्यसमेत नरहने गरी निलम्बित

    स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्ला अनुशासन समितिले खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बन गरेको छ ।

    images

    अन्तरघात गरेको आरोपमा पार्टीका सहमहामन्त्रीसमेत रहेका चौधरीलाई अनुशासन समितिका संयोजक अरुणकुमार यादवले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेका हुन् ।

    अनुशासन समितिले उमाकान्तसँगै पूर्वसांसद एवम् कांग्रेसका महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेशप्रसाद यादवलाई पनि निलम्बन गरेको छ ।

    कांग्रेस बारामा दुई वटा समिति क्रियाशील छ । दुवै समितिले एकले अर्कालाई कारबाही गरिरहेका छन् । यसै क्रममा अर्को समूहले खानेपानी मन्त्रीलाई निलम्बन गरेको हो ।

    स्थानीय निर्वाचनमा कांग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेको खानेपानी मन्त्री चौधरीलाई आरोप लगाउँदै विपक्षी समूहले कारबाही गरेको हो ।

    बारामा सभापति शेरबहादुर देउवानिकट सहमहामन्त्री फरमुल्लाह मन्सुरले एउटा चलाएका छन् भने खानेपानी मन्त्री चौधरीले अर्को गुट चलाएका छन् ।

    जिल्लामा एक समूहले अर्को समूहलाई कारबाही गर्ने गरेतापनि खानेपानी मन्त्रीलाई कारबाही गर्नुको अर्थ नरहेको कांग्रेस नेता बताउँछन् । बारामा दुईटा समिति नै क्रियाशील रहेकाले दुवै समितिबाट भएका कारबाही वा गतिविधिलाई मान्यता नदिने केन्द्रीयस्तरमा नेताहरूबीच सहमति भएको बुझिन्छ ।

  • सम्बन्धित विषय:

  • # खानेपानीमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology