Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चोलेन्द्रले पोलेका नेतालाई समितिले बयान नलिने

चोलेन्द्रले पोलेका नेतालाई समितिले बयान नलिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • १४:४५:३७ बजे
  • 337
    SHARES
  • चोलेन्द्रले पोलेका नेतालाई समितिले बयान नलिने

    महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई बयानका लागि नबोलाउने भएको छ ।

    images

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समितिसँगको बयानमा नाम लिएकाहरुलाई व्यक्तिहरुलाई यसअघि बयानमा बोलाउने निर्णय गरेको थियो । तर, बुधबार बसेको समितिको बैकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग मात्र सोधपुछ गर्ने निर्णय गरेको छ ।

    समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ ।

    आज उनीहरुलाई आज पत्राचार गर्ने निर्णय भएको विष्टको भनाइ छ । तर, राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका सदस्य एवं कांग्रेस नेता मिन विश्वकर्माले बताए ।

    समितिको बैठक बिहीबार बस्ने भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology