Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रिय सभाले २ विधेयक विधायन समितिमा पठायो

राष्ट्रिय सभाले २ विधेयक विधायन समितिमा पठायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • १४:५३:२३ बजे
  • 334
    SHARES
  • राष्ट्रिय सभाले २ विधेयक विधायन समितिमा पठायो

    राष्ट्रिय सभाले २ वटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

    images

    प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

    दुवै विधेयकलाई सो समितिमा दफाबार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेस गरेका थिए ।

    अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक बिहीबार २ः५९ मा बस्ने गरी बोलाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology