Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जहाजको एउटा पांग्रा फेर्न नसक्दा दिल्ली उड्न सकेन नेवानिको जहाज

जहाजको एउटा पांग्रा फेर्न नसक्दा दिल्ली उड्न सकेन नेवानिको जहाज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • १५:४७:३७ बजे
  • 547
    SHARES
  • जहाजको एउटा पांग्रा फेर्न नसक्दा दिल्ली उड्न सकेन नेवानिको जहाज

    नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० (९ एन–एएलजेड) जहाज एउटा पांग्रा फेर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।

    images

    जसका कारण त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२५ बजे दिल्ली जाने तयारीमा रहेका २१५ जना र दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

    नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा उडान नै रोकिने अवस्था आएको निगमका एक अधिकारीले जानकारी दिए । एउटा निगमको छविमै प्रश्न चिन्ह उठेको छ ।

    जहाजको टायर फेरेर आजै ५ बजेसम्म जहाज उडाउने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए । अहिले यात्रुहरुलाई विमानस्थल भित्रै व्यवस्थापन गरिएको भएपनि कतिपय यात्रु दिल्लीबाट तेस्रो मुलुक जानु पर्ने हुँदा समस्यामा परेको उनले बताए ।

    यसअघि अर्को वाइडबडी जहाजमा प्राविधिक समस्या देखिएपछि आज बिहान अबेर मात्र जापान उडेको छ ।

    निगमको एक न्यारोबडी जहाज ए३२० जहाज एक महिनादेखि मर्मतका लागि ग्राउण्डेड अवस्थामा छ । जसले गर्दा निगमले आकस्मिक अवस्थामा उडान व्यवस्थापन मिलाउन सकेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology