Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गोर्खा भर्ती रोक्ने भारतीय सेनाध्यक्षको चेतावनी, नेपालले यसबारे निर्णय निर्वाचनपछि : परराष्ट्र

गोर्खा भर्ती रोक्ने भारतीय सेनाध्यक्षको चेतावनी, नेपालले यसबारे निर्णय निर्वाचनपछि : परराष्ट्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७९ बिहिवार • १५:५३:२६ बजे
  • 175
    SHARES
  • गोर्खा भर्ती रोक्ने भारतीय सेनाध्यक्षको चेतावनी,  नेपालले यसबारे निर्णय निर्वाचनपछि : परराष्ट्र

    सरकारले भारतको सैन्य भर्ती योजना अग्निपथबारे निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।

    images

    बिहीबार प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताए ।

    भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजे पनि नेपालले यसबारे निर्णय गरेको छैन ।

    अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको उनले बताए ।

    नेपालले अग्निपथबारे जवाफ नदिए गोर्खा भर्ती रोक्ने भारतीय सेनाध्यक्षको चेतावनी


     भारतीय सेना प्रमुख मनोज पाण्डेले अग्निपथबारे नेपालले सयमै निर्णय नगरे तत्काल फिर्ता लिने बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सेनाध्यक्ष पाण्डेले बुधबार एक कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।


    भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’ले उल्लेख गरेअनुसार नेपालले समयमा अग्निपथबारे जवाफ नदिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा अन्त्य गर्ने पाण्डेले बताए ।

    भारतले अग्निपथ योजनामा नेपाली भर्नामा रोक लगाउने निर्णयले दुई मुलुकको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले चार वर्षको लागि विना कुनै पेन्सन र अवकाशपछिको सेवासुविधा विना नै घर फर्काउने गरी अग्निपथको योजना अघि सारेको हो । यसबारे नेपालले अहिलेसम्म कुनै निर्णय गरिसेको छैन ।

    सेनाले दुई ब्याचमा गरेर समग्रमा ४० हजार अग्निवीर सैनिक भर्ना गर्ने योजना ल्याएको छ । जसको लागि गत डिसेम्बरमा २५ हजार र फेबु्रअरीमा १५ हजारको तालिम सुरु भएको थियो ।

    अग्निपथभन्दा पहिला पनि नेपालीलाई भारतीय सेनामा दिइँदै आएको कोटा पनि चार हजारबाट १५ सयमा झारिएको थियो । अग्निपथमा नेपालीको कोटा घटाइएको छ ।

    सेनाध्यक्ष पाण्डेले आगामी निर्वाचनअघि नेपालले यसबारे कुनै निर्णय लिने सम्भावना कम रहेको भन्दै उक्त समयसम्म निर्णय नगरे नेपालीले योजनामा भाग लिन नपाउने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology