Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचनमा एमालेबाहेक अर्को कुनै राजनीतिक शक्तिले जित्नु हुदैन:ओली

निर्वाचनमा एमालेबाहेक अर्को कुनै राजनीतिक शक्तिले जित्नु हुदैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७९ बिहिवार • १९:२६:३६ बजे
  • 295
    SHARES
  • निर्वाचनमा एमालेबाहेक अर्को कुनै राजनीतिक शक्तिले जित्नु हुदैन:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताएका छन् ।

    images

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताएका हुन् ।

    ‘यो निर्वाचन पहिलेको जस्तो सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ र महत्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यसपटक एमाले हार्न मिल्दैन’, अध्यक्ष ओलीले भने ।

    देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उनको जिकिर थियो । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले स्थानीय तहमा ३८ लाख मत प्राप्त गरिएकामा अबको निर्वाचनमा ५० लाख मत पु¥याउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बागमती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology