Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ

बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७९ शुक्रवार • २३:५५:४४ बजे
  • 1.2K
    SHARES
  • बाबुराम निवासमा प्रचण्डको डिनर मिटिङ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ टोखास्थित भट्टराईको निवासमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।

    images

    भेटवार्तामा अध्यक्ष प्रचण्डसँग गम्भीर वैचारिक राजनीतिक छलफल भएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    अध्यक्ष भट्टराईले भनेका छन् : ‘ऐतिहासिक जनयुद्धका उपलब्धी संस्थागत हुनुको सट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउँदै गैरहेको सन्दर्भमा प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल भएको छ ।’

    उनले छलफलमा जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइसौं शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड दिइएको समेत बताएका छन् ।

    अध्यक्ष प्रचण्ड भट्टराई निवासमा साँझ डिनरका लागि पुगेका थिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको डिनर मिटिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology