दिपक रम्तेल
ओमान / ओमानमा सकृय पाच राजनितिक संस्था ( बैचारिक संयन्त्र) जनसम्पर्क समिती ओमान,नेपाली जनप्रगतिशिल मञ्च ओमान ,ओमान नेपाली एकता समाज,प्रवासी नेपाली एकता मञ्च ओमान र विबेकशील नेपाली ओमान मिलेर सयुक्त कार्यक्रम मार्फत सयुक्त रुपमा ओमानका लागी महामहिम राजदुत डोरनाथ अर्याललाई स्वागत गर्नुका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वागत कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदुत डोरनाथ अर्याल,विशेष अतिथी एनआरएनए सोसल क्लब ओमानका उपाध्यक्ष महेश्वर चौधरी रहनु भएको थियो । भने कार्यक्रमको सभापति जनसम्पर्क समिति ओमानका सभापती सालिकराम चापागाईं, कार्यक्रम संचालन जनप्रगतिशील ओमानका महासचिब पुर्ण ब. बिक पहाडीले गर्नुभएको थियो।

कार्यक्रममा मौन धारण र राष्ट्रिय गान सगै राजदुत डोरनाथ अर्यालले कार्यक्रमको उद्वाटन गर्नुभयो।
प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष लिलानाथ कोइरालाले स्वागत भाषण गर्नुभएको थियो साथै ओमान नेपाली एकता समाज रक्तिम कलाकारहरुबाट स्वागत गीतको बेजोड प्रस्तुती रहेको थियो।
आयोजकको तर्फबाट नेपाली जनप्रगतिशील मञ्च ओमानका अध्यक्ष उमेश बिक, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत,प्रवासी नेपाली एकता मञ्चका महासचिब प्रेम तामाङ ,बिबेकशील नेपाली दलका संयोजक जीवन कार्कीले मन्तब्य राख्नु भएको थियो ।
अतिथिको रुपमा ओमानमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ( प्रवासी नेपाली एकता समाज ( पानस) ओमानबाट राजेश महर्जन,नेपाली समाज ओमानबाट राजेन्द्र राजथला,नेपाली महिला समूह ओमानबाट मधु गुरुङ,तामाङ समाज ओमानबाट अनिता तामाङ ,दलित एकता संजाल ओमानबाट बिमला सुनार,बाग्लुङ सेवा समाजबाट सुर्य खत्री,म्याग्दी प्रवासी नेपाली समाज ओमानबाट टेकाराम बि.क ,बुद्द भिजन ओमानबाट ओमकार तामाङ ,गुल्मी सेवा समाजबाट सुर्य पन्थीले स्वागत मन्तब्य राख्दै विभिन्न समसामयिक विषयमा कुरा उठाउनु भएको थियो।
कार्यक्रममा बैचारिक संयन्त्र तथा उपस्थितबाट राजदुत अर्याललाई खादा तथा पुष्प गुच्छा बाट स्वागत गरिएको थियो भने संथगतरुपमा गुल्मी सेवा समाज महिला समूह ओमान,तामाङ समाज ओमान,बुद्द भिजन ओमानद्वारा संस्थागत स्वागत गरेका थिए ।
ब्यक्तिगत रुपमा भानुभक्त खनाल , दिपक रम्तेल,चित्र केसि, फुलमाँया तामाङ, मुन्ना बाबू परियारले खादा लगाई स्वागत गर्नु भएको थियो।
राजदुत डोरनाथ अर्यालले सयुक्त रुपमा यसरी स्वागत गरिएकोमा खुशी ब्यक्त गर्दै ओमानमा सबै संस्थाहरु संग समान सहकार्य गर्दै आगामी दिनमा सबै खाले समस्याहरुमा हातेमालो गर्दै समाधान गर्न दुताबास तयार रहेको कुरा मन्तब्यमा राख्नु भएको थियो।
कार्यक्रममा राजदुत अर्याल द्वारा उपस्थिति नेपाली समुदाय संग प्रत्येक्ष अन्तरक्रिर्या

राजदुत अर्याल संग प्रत्यक्ष अन्तरक्रियामा विभिन्न ब्यक्तिगत समस्या देखि लिएर ओमानमा गलत बाटो प्रयोग गरि घरेलु कामदार भित्रीने क्रम बड्दो रहेको र व्यापक समस्या आएकोले यसलाई मुल जरा देखि नै अन्त्य गर्ने बिषयमा छलफल भएको थियो ।
साथै एनआरएन ओमान र सोसल क्लब ओमान अलग अलग संस्था हुनुपर्ने माग उठेको बिबादमा पनि गहन छलफल गरि समस्याको समाधान निकाल्ने बताउनु भयो । कार्यक्रममा उपस्थिति गैर आवासीय नेपाली संघ राष्ट्रिय कमिटी ओमानका उपाध्यक्ष महेश्वर चौधरीलाई सोसल क्लबको विधान दूतावासलाई उपलब्ध गराउन भन्नू भयो ।
उहाँले अब छिटै अन्य देशहरुको जस्तो नेपालमा पैसा पठाउन बैंक मस्कटले डिजिटल Apps मार्फत अनलाइन भुक्तानी कार्य सुरु गर्न लागेको जानकारी दिनु भयो । उहाँले समस्या परेको खण्डमा म २४ सै घण्टा सम्पर्कमा रहनेछु भन्दै सिधै सम्पर्क गर्न उपस्तिथि माझ जानकारी दिनु भएको थियो । प्रेम तामाङ्ग,मुन्ना बाबू परियार, सालिकराम आचार्य लगायत उपस्थितिहरुले ओमानको समस्या र समाधान कसरी गर्न सकिन्छ भनेर प्रश्न राखेका थिए ।
राजदुत अर्यालले उठेका प्रश्नको सरल कानुनी भाषामा उत्तर दिदै । सकेसम्म हामी जुन देशमा बस्छौं त्यस देशको कानुन बुझ्नुपर्ने बताउनु भयो । साथै उहाँले समस्या परेको खण्डमा दूतावासलाई पत्र मार्फत र अडियो वा भिडियो मार्फत प्रमाण सहित जानकारी गराउन सके सहजिकरण गर्न सजिलो हुने बताउनु भयो ।
आगामी दिनमा नेपाली समुदायमा भएका समस्यालाई समाधान गर्न, दुताबास सदैब तयार रहेको कुरा राजदुत अर्यालले प्रष्ट पार्नु भएको थियो। यसरी सयुक्त कार्यक्रम गर्दा ओमानमा रहेका १९ हजार नेपाली माझ छिटो सूचना पुग्ने पनि विश्वास गर्नु भयो ।
अन्त्यमा कार्यक्रमका अध्यक्ष जनसम्पर्क समिती ओमानका सभापती सालिकराम चापागाईबाट मन्तब्य राख्दै कार्यक्रम समापन गरिएको थियो।