Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मैले तिरेको जरिवाना भ्रष्टाचारीको भुँडीमा नपरोस् : हर्क साम्पाङ

मैले तिरेको जरिवाना भ्रष्टाचारीको भुँडीमा नपरोस् : हर्क साम्पाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७९ शनिवार • १०:०४:४० बजे
  • 451
    SHARES
  • मैले तिरेको जरिवाना भ्रष्टाचारीको भुँडीमा नपरोस् : हर्क साम्पाङ

    सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

    images

    निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै साम्पाङलाई पाँच लाख ५० हजार जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका हुन्।

    साम्पाङलाले पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा लागि नभइ राजस्वमा जम्मा हुनुपर्ने बताए ।

    उनले सामाजीक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफुले जरिबाना स्वरुप तिरेको रकम भ्रष्टाचारीको भुडीँ नपरोस भन्दै चेतावनी पनि दिएका छन् ।

    उनले लेखेका छन्, ‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई !’

    निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology