Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ढुंगालाई पुज्नुभन्दा मान्छे पुज्दै हिँडे धेरै राम्रो : प्रचण्ड

ढुंगालाई पुज्नुभन्दा मान्छे पुज्दै हिँडे धेरै राम्रो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७९ शनिवार • १२:३४:१३ बजे
  • 454
    SHARES
  • ढुंगालाई पुज्नुभन्दा मान्छे पुज्दै हिँडे धेरै राम्रो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढंगालाई पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे राम्रो हुने बताएका छन् ।

    images

    शनिबार पार्टी केन्दीेय कार्यालय पेरिसडाँडामा विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘हामीकहाँ त तेत्तिस कोटी देवता हुन्छन् ।

    जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ । तर, यसरी ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो ।’ उनले यसो भनेर धर्मलाई नेगेटिभल्ली नलिएको बताए ।

    आफूमा चुनावको डर रहेको बताउँदै उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ ।’

    विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको अध्यक्ष प्रचण्डले दाबी गरे । उनले भने, ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ?

    मानिसहरूको चिन्तन/चेतनाको विकास कसरी भयो ? माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

  • सम्बन्धित विषय:

  • # ढुंगालाई पुज्नुभन्दा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology