Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मोबाइल एप सुरु गर्दै प्रचण्डले भने, ‘निर्वाचनको प्रचारमा प्रविधिको प्रयोग गर्नुको विकल्प छैन’

मोबाइल एप सुरु गर्दै प्रचण्डले भने, ‘निर्वाचनको प्रचारमा प्रविधिको प्रयोग गर्नुको विकल्प छैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७९ शनिवार • १३:२२:०७ बजे
  • 361
    SHARES
  • मोबाइल एप सुरु गर्दै प्रचण्डले भने, ‘निर्वाचनको प्रचारमा प्रविधिको प्रयोग गर्नुको विकल्प छैन’

    राष्ट्रिय विज्ञान दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत आधिकारिक मोबाइल एप उद्घाटन गरेका छन् ।

    images

    पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा व्यक्तिगत आधिकारिक मोबाइल एप शुभारम्भ गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विज्ञान प्रविधिलाई आत्मासाथ गर्न नसके देश विकास हुन नसक्ने बताए ।

    विज्ञानमा बेइमानी र जालझेल नभल्ने भन्दै उनले जसले विज्ञानलाई आत्मासाथ गर्न सक्छ उही सफल हुने बताए ।

    अबको निर्वाचनमा परम्परागत प्रचार शैलीले सहि परिणाम दिन नसक्ने भन्दै उनले प्रचारप्रसारमा पनि प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको बताए ।

    विज्ञान प्रविधिको सदुपयोग गर्न सके मानव जीवन सहज हुने र प्रविधिको दुरुपयोग भएमा समाजमा नकारात्मक असर गर्ने भएकोले यसबारे सचेतनाको अवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

    आधिकारिक एपमार्फत अध्यक्ष र पार्टीका गतिविधि, सूचना तथा योजना जनता तथा नेता कार्यकर्तासम्म पुर्याइने पार्टीको विज्ञान तथा प्रविधि विभागले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology