Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

महाभियोग टुङ्गो नलागी सर्वोच्च जान खोजेपछि चोलेन्द्रलाई निवासमै नजरबन्दमा राखिएको पुष्टि

महाभियोग टुङ्गो नलागी सर्वोच्च जान खोजेपछि चोलेन्द्रलाई निवासमै नजरबन्दमा राखिएको पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७९ आइतवार • २०:२१:२७ बजे
  • 316
    SHARES
  • महाभियोग टुङ्गो नलागी सर्वोच्च जान खोजेपछि चोलेन्द्रलाई  निवासमै नजरबन्दमा राखिएको पुष्टि

    सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी खोसेको छ ।

    images

    प्रहरी प्रधान कार्यालयले अगुवा र पछुवा गाडीसहितका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै जबराका सुरक्षाकर्मी खोसिएका हुन् । स्रोतका अनुसार सरकारले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई जबराका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको थियो ।

    जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना सुरक्षाकर्मी खटाइएको थियो ।

    प्रहरीले गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाएको हो । प्रहरीले स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रधान कार्यालय फिर्ता बोलाएको छ ।

    त्यसैगरी, औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार र अगुवा–पछुवाका रुपमा प्रयोग हुने जीप पनि खोसिएको छ । प्रहरीले बजराको निवासका सुरक्षा सतर्कता बढाएको छ ।

    महाभियोग टुङ्गो नलाग्दै नियमित कामका लागि सर्वोच्च अदालत जान लागेपछि सरकारकै निर्देशनमा प्रहरीले जबरालाई निवासमै नजरबन्द बनाएको छ ।

    सरकारले जबरालाई नजरबन्दमा राखिएकोबारे केही नबोले पनि चाेलेन्द्रको निवास पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टालीले जबरालाई नजरबन्दमा राखिएको पुष्टि गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology