Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीन र रुस सुरक्षा र कानून कार्यान्वयनका विषयमा बैठक गर्दै

चीन र रुस सुरक्षा र कानून कार्यान्वयनका विषयमा बैठक गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७९ आइतवार • २०:२६:४९ बजे
  • 586
    SHARES
  • चीन र रुस सुरक्षा र कानून कार्यान्वयनका विषयमा बैठक गर्दै

    एजेन्सी । रुसी महासंघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन–रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् ।

    images

    उनले सो अवसरमा चीन–रुस कानून प्रवर्तन तथा सुरक्षाको सातौं बैठकमा समेत भाग लिने बताइएको छ ।

    सो बैठक सेप्टेम्बर १८ र १९ मा हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जिएची र राजनीतिक सदस्य गुओ शेङकुनको निमन्त्रणामा पात्रुशेभको सो भ्रमण तय भएको हो ।

    कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको ब्यूरो, केन्द्रीय समिति सचिवालयका सदस्य र केन्द्रीय समिता राजनीतिक तथा कानूनी मामिला आयोगका सचिव माओले सो बारे जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology