Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१५ सय मेगावाट क्षमताका आरओआर आयोजनाको पीपीए अन्तिम चरणमा

१५ सय मेगावाट क्षमताका आरओआर आयोजनाको पीपीए अन्तिम चरणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७९ आइतवार • २०:३२:३४ बजे
  • 559
    SHARES
  • १५ सय मेगावाट क्षमताका आरओआर आयोजनाको पीपीए अन्तिम चरणमा

    नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहमा आधारित​ (आरओआर) आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् ।

    images

    पीपीए खुलाउने विषयमा आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँदै उनले आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल भई निर्णय लिने बताए । अब खुल्ने आरओआरको पीपीए क्यु ४० मै डिजाइन हुने गरी खोल्न लागिएको बताउँदै उनले कसैलाई पछि क्यु २५ मा जान ईच्छा भए जान सकिने प्राबधान राखिने जानकारी दिए ।

    असोज २ गते स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) का पदाधिकारीसँगको भेटमा कार्यकारी निर्देशक घिसिङले यस्तो जानकारी दिएका हुन् ।

    जलविद्युत आयोजनाको बिकास, सर्वेक्षण एबम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा बिद्युत खरिद विक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत ब्यवस्था सम्बन्धी प्रतिबेदन, २०७९ ले बिगत साढे तीन बर्षदेखि रोकिएको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने ब्यवस्था गरे पनि पीपीए खुला गर्ने प्रक्रिया अघि नबढेपछि इप्पानले कार्यकारी निर्देशक घिसिङलाई भेटी सो विषयमा जिज्ञासा राखेको थियो ।

    उक्त प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको भनाई छ ।

    अहिले पीपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरुले दैनिकरुपमा जानकारी माग गरे पनि इप्पान नै यस बिषयमा प्रष्ट नभएको हुदा जबाफ दिन नसकिरहेको इप्पानले उल्लेख गरको छ ।

    त्यसैले यस किसिमको अन्योलतालाई हटाउन र पीपीएको प्रक्रिया कहिलेबाट अगाडि बढ्छ भन्ने जानकारी गराई दिन इप्पानको माग थियो ।

  • सम्बन्धित विषय:

  • # १५ सय मेगावाट क्षमता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology